आर्थिक

रेडियो कान्तिपुर संवाददाता, आश्विन ५, २०७६
प्रदेश ५ को रुपन्देही तथा पश्चिम नवलपरासी र गण्डकी प्रदेशको पूर्वी नवलपरासीमा सञ्चालित र उद्योगलाई पर्याप्त विद्युत् आपूर्ति गर्न प्रसारण लाइन र सबस्टेसनको निर्माण धमाधम भइरहेको छ । आगामी दिनमा खुल्ने उद्योगलाई समेत मध्यनजर गरेर प्रसारण लाइन र सबस्टेसनको काम भइरहेको हो ।
पूरा पढ्नुहोस्
बलराम घिमिरे, आश्विन ४, २०७६
केरुङमा सामान लोड गर्नका लागि खाली कन्टेनरको अभाव भएको छ । खाली कन्टेनर नहुँदा नेपाल ल्याउन लागिएको दशैं र तिहारका सामान गोदाममै थन्किएको व्यापारीहरुले बताएका छन् । चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी पुग्ने सडक अबरुद्ध हुँदा केरुङमा सामान लोड गर्ने खाली कन्टेनरको अभाव भएको हो ।
पूरा पढ्नुहोस्
दुर्गालाल केसी , आश्विन ४, २०७६
नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जिवी नेपालले देशमा वित्तीय अनुशासन आवश्यक रहेको बताउनुभएको छ । दाङको घोराही उपमहानगरपालिका १५ स्थित महिला सामुदायिक लघुवित्त वित्तीय संस्थाको आज उद्घाटन गर्दै नेपालले हरेक क्षेत्रमा वित्तीय अनुशासन हुन जरुरी रहेको बताउनुभयो ।
पूरा पढ्नुहोस्
लक्ष्मी गौतम, आश्विन २, २०७६
रैराङ हाइड्रो पावरले आजबाट परीक्षण उत्पादन सुरु गरेको छ । ९ दशमलव ३ मेगावाट क्षमताको सो आयोजनाले बिहीबारदेखि औपचारिक उत्पादन सुरु गरेको हो । पाँचथर र ताप्लेजुङको सीमाना पर्ने इवाखोलामा निर्माण गरिएको सो आयोजनाले परीक्षण उत्पादन सुरु गरेको हो ।
पूरा पढ्नुहोस्
आश गुरुङ, आश्विन २, २०७६
लमजुङको मर्स्याङदी गाउँपालिका ९, सिम्पानीस्थित ४ मेगावाटको खुदी जलविद्युत केन्द्रमा पुन: बाढी पसेको छ । यसअघि भदौ २४ गते विद्युतगृहमा बाढी पसेको थियो । व्यवस्थापकीय कमजोरीले विद्युत गृहमा पुन: बाढी पसेको हो ।
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर, आश्विन १, २०७६
धितोपत्र बजारमा आज २२ अंकले सुधार आएको छ । बजार परिसूचक नेप्से आज २२ दशमलव ६८ अंकले बढेर १ हजार १ सय ७३ दशमलव ४२ बिन्दुमा पुगेको छ । कारोबार भएका सबै कम्पनी समूहको उपसूचक उकाला लागेकाले नेप्सेमा सुधार देखिएको हो ।
पूरा पढ्नुहोस्
लक्ष्मी गौतम, भाद्र ३१, २०७६
पाँचथर र ताप्लेजुङको सीमा भएर बग्ने काबेली नदीवाट निकालिएको २५ मेगावाट क्षमताको काबेली बी वान जलविद्युत परियोजनाबाट बिजुली उत्पादन परीक्षण सुरु गरिएको छ ।
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर, भाद्र ३१, २०७६
गत आर्थिक बर्षमा कर्मचारी सञ्चय कोषको कुल वित्तीय श्रोत ३ खर्ब ४५ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो बर्षको भन्दा ११ प्रतिशतले बढी हो । कुल स्रोतमध्ये ९८ प्रतिशत अर्थात ३ खर्ब ३८ अर्ब ६ करोड रकम विभिन्न क्षेत्रमा लगानी गरिएको कोषले जनाएको छ ।
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर, भाद्र ३१, २०७६
राष्ट्र बैंकले दशैं र तिहारका लागि असोज १० गतेदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ । नयाँ नोट वितरणका लागि आन्तरिक तयारी पूरा भइसकेको राष्ट्र बैंकले जनाएको छ ।  बैंक तथा वित्तीय संस्थालाई भने असोज पहिलो सातादेखि नै नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ ।
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर, भाद्र ३१, २०७६
धितोपत्र बजार आज दोहोरो अंकले उकालो लागेको छ । दुई दिन लगातार ओरालो लागेको बजार परिसूचक नेप्से आज २६ दशमलव ९१ अंकले उकालो लागेर १ हजार १ सय ५० दशमलव ७४ बिन्दुमा पुगेको छ । नेप्से उकालो लागेसँगै कारोबार रकममा पनि हिजोको तुलनामा ४ करोड रुपैयाँ बढेको छ ।
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर, भाद्र ३०, २०७६
धितोपत्र बजारमा आज १६ अंकले गिरावट आएको छ । कारोबार हुने साताको दोस्रो दिन बजार परिसूचक नेप्से १६ दशमलव १८ अंकले घटेर १ हजार १ सय २३ दशमलव ८३ अंकमा पुगेको छ । नेप्सेमा गिरावट आएपनि कारोबार रकमा भने हिजोको तुलनामा ६ करोड रुपैयाँले वृद्धि भएको छ ।
पूरा पढ्नुहोस्