सानिमा बैंकलाई २ करोड डलर ऋण प्राप्त

श्रावण २५, २०७९

सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम आइएफसीबाट २ करोड अमेरिकी डलर विदेशी ऋण प्राप्त गरेको छ । तरलता अभावलाई मध्यनजर गरी गत आर्थिक वर्षमा नै सानिमा बैंकले आइएफसीसंग सम्झौता गरी विदेशी ऋण प्राप्त गर्न सफल भएको हो । आइएफसीका नेपाल आवासीय प्रतिनिधि बाबकार एस.फइले सानिमा बैंकमा गरिएको सो लगानीले लघु, साना तथा मझौला प्रकृतिका व्यवसायलाई वित्तीय पहुँचमा थप सहजीकरण गर्दै नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने लक्ष्य राखेको उल्लेख गर्नु भएको छ ।

लघु, साना तथा मझौला व्यवसायको लगानीले सो क्षेत्रको विस्तार र रोजगारी सिर्जना गर्न सक्षम बनाउनेमा उहाले विश्वास व्यक्त गर्नु भएको छ । साथै, नगद प्रवाहले नेपालको तरलता संकट र घट्दै गएको विदेशी मद्रा सञ्चितिलाई कम गर्न पनि योगदान पुग्ने उहाँको भनाई छ । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले अहिलेको तरलताको असहज परिस्थितिमा पनि आइएफसीबाट प्राप्त रकमले MSME Sector मा कर्जा प्रवाह गर्न केही सहज हुने उल्लेख गर्नु भएको छ । सानिमा बैंकको देशभर १ सय २७ कार्यालयहरु र १ सय २० वटा एटिएम संजालहरु संचालनमा छन् । 


प्रतिक्रिया