तातोपानी नाका पूर्ववत् सञ्चालनका लागि पहलकदमी

चैत्र ६, २०७९

तातोपानी नाका पूर्ववत् सञ्चालनका लागि पहलकदमी लगायत विषयमा नेपाल र चीनका सरकारी अधिकारीबीच छलफल भएको छ । चीनको खासामा आज नेपाल र चीनका सरकारी अधिकारीहरूबीच सम्पन्न बैठकमा नाका सुरक्षा कडाईका विषयमा पनि छलफल भएको प्रहरी उपरिक्षक बालनर्सिङ राणाले बताउनुभयो । 

 आयात मात्रै भइरहेको तातोपानीमा सिमा सुरक्षा र सुरक्षा गस्ती बढाउन चीन सरकार सकारात्मक भएको उहाँले बताउनुभयो । बैठकमा नेपालबाट सिन्धुपाल्चोक जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सारका प्रमुख तथा चीनबाट न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमनलगायत अधिकारीको सहभागिता रहेको थियो । 

कोरोना महामारीका कारण यसअघि वि च्याटमार्फत अधिकारीहरूबीच भर्चुअल मिटिङ हुन्थ्यो । तीन वर्षपछि चीनकै भुमिमा सिमा सुरक्षाको विषयमा प्रत्यक्ष बैठक सम्पन्न हुनु महत्वपूर्ण भएको यो प्रारम्भिक छलफल भएको तातोपानी भन्सार प्रमुख दयानिधि केसीले बताउनुभयो । बैठकमा चिनियाा अधिकारीहरूले तातोपानी नाका नाकामा भएका गतिविधिमा के गर्न सकिन्छ भनेर नेपालका अधिकारीसाग सुझाव मागेका छन् । 


प्रतिक्रिया