मधेश प्रदेशमा विवादित योजनालाई निरन्तरता दिने नीति

जेष्ठ २३, २०८० | धनुषा

मधेश प्रदेशको नीति तथा कार्यक्रममा अघिल्लो सरकारका पालामा विवादित भएको अभियानलाई निरन्तरता दिइएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम मार्फत ‘बेटी पढाउ, बेटी बचाउ’, ‘मुख्यमन्त्री स्वच्छता अभियान’ ‘छोरी बीमा’ ‘छात्रवृत्ति’ ‘लोकसेवा आयोग तयारी कक्षा’ ‘साइकल बितरण ’ लगायत कार्यक्रमलाई निरन्तरता दिइने भएको हो । सो कार्यक्रमलाई लिएर अघिल्लो सरकार विवादित बनेको थियो ।

संसदीय विकास कोषलाई निरन्तरता दिएको छ । प्रदेश मन्त्रालय अर्न्तगत रहेका निर्देशनालय, विभाग, बोर्ड, समिति, आयोग र प्राधिकरणलाई गाभी पुनः संरचना वा खारेज गरि चालु खर्च न्युनिकरण गर्ने उल्लेख छ । पुँजीगत खर्च बढाउने, कृषिलाई प्राथमिकतामा राख्ने लगायत प्रविधिमैत्री योजना अगाडी बढाउनेको उल्लेख छ ।

चुरे तथा तराई मधेशको खेतीयोग्य भुमिको संरक्षण तथा व्यवस्थापनको लागि चुरे उत्थानशिल योजना अगाडी बढाउने नीति लिइने उल्लेख छ । ‘मधेश प्रदेशको पर्यटन पुर्वाधार, आन्तरिक पर्यटनको आधार’ नारालाई सार्थक तुल्याउन प्राथमिकताको नीति लिइएको छ । मधेश प्रदेशका ६० वर्ष माथिका नागरिकलाई आँखा, दाँत र कानको निःशुल्क जाँच गरिने व्यवस्था नीति कार्यक्रममा उल्लेख छ । बाल अस्पताल स्थापना, एक नागरिक एक विरुवा कार्यक्रम, वीरगञ्ज राजविराज रेल सेवा विस्तार, एक वडा एक एग्रोभेट कार्यक्रम सञ्चालन गर्ने नीति मधेश सरकारले लिएको छ ।   


प्रतिक्रिया