भारतको निर्वाचनमा एआईको दुरुपयोग

वैशाख २४, २०८१ | काठमाडौं

एआईमार्फत बनाइएका नक्कली भिडियोका कारण भारतमा चुनावी प्रचार प्रभावित बनेको छ ।

एआई मार्फत निर्माण गरिएका ती भिडियोमा प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको दल भारतीय जनता पार्टी भाजपाप्रति दुस्प्रचारको प्रयास गरिएको रोयटर्सले जनाएको छ ।

एआईबाट निर्मित नक्कली भिडियोप्रति लक्षित गर्दै प्रधानमन्त्री मोदीले आफूले सोच्न पनि नसक्ने विषयमा गलत सन्देश प्रवाह गरिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

त्यस्तै, बलिउड सेलिबे्रटीले प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गरेको, गृहमन्त्री अमित शाहले अल्पसंख्यक समुदायविरुद्ध संवेदनशील अभिव्यक्ति दिएको लगायतका भ्रामक सामाग्री ती भिडियोमा प्रयोग गरिएका छन् ।

भिडियोको छानविनका क्रममा प्रहरीले प्रमुख विपक्षी दल काँगे्रसको सामाजिक सञ्जाल सञ्चालन गर्ने टोलीका ६ जनालाई नियन्त्रणमा लिएको जनाइएको छ । 


प्रतिक्रिया