नेपालगन्जमा एकीकृत भन्सार जाँचचौकी सञ्चालन

वैशाख २४, २०८१ | काठमाडौं

नेपालगन्जमा एकीकृत भन्सार जाँचचौकी (आइसिपी) सञ्चालनमा आएको छ ।

नेपाल–भारत जमुनाहमा निर्मितआइसिपी आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

करीब २ अर्ब७५ करोड रकमको लागतमा निमार्ण भएको सो एकीकृत जाँच चौकी निर्माणका लागि नेपाल–भारत बीच १८ वर्ष अघि सम्झौता भएको १८ थियो ।

एकीकृत जाँच चौकी नेपाल–भारत दुवै तर्फ निर्माण भएको छ । नेपाल तर्फ जग्गा नेपाल सरकारले छुट्याएपनि पूर्वाधार भने भारत सरकारले निर्माण गरेको हो ।

गत व्र्ष जेठ १८ गते नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो मार्फत संयुक्त रुपमा आइसीपीको उद्घाटन गर्नुभएको थियो । 


प्रतिक्रिया