दलका नेता र मन्त्रीको निर्वाचन क्षेत्र लक्षित बजेट विनियोजन भएको छैनः अर्थमन्त्री पुन

असार १०, २०८१ | काठमाडौं

अर्थमन्त्री वर्षमान पुनले सरकारले कुनै दलका नेता र मन्त्रीको निर्वाचन क्षेत्रलाई लक्षित गरी बढी बजेट विनियोजन नगरिएको बताउनुभएको छ ।

आगामी आर्थिक बर्षको बजेटमाथिको छलफलका क्रममा सत्तारुढ र प्रतिपक्षी दुवै दलका सांसदले केही प्रभावशाली नेता र मन्त्रीको क्षेत्रमा व्यापक बजेट लगिएको भन्दै आलोचना गरेको सन्दर्भमा अर्थमन्त्री पूनले त्यसबारे प्रष्टीकरण दिनुभएको हो ।

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै उहाँले बजेटमा उल्लेखित आयोजना तथा कार्यक्रम कार्यन्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच दोहोरोपना हुन नदिने प्रयास समेत गरिएको बताउनुभयो ।

ठूला आयोजना संघबाट, मझौला प्रकृतिका आयोजना प्रदेशबाट तथा साना आयोजना स्थानीयतहबाट कार्यान्वयन गर्ने विषयमा सरकार दृढ रहेको मन्त्री पूनको भनाइ थियो । 


प्रतिक्रिया