मध्यभोटेकोशीबाट एक महिनाभित्र उत्पादन

रेडियो कान्तिपुर संवाददाता

आश्विन ५, २०८१ | काठमाडौं

अनुज्ञा बस्नेत (प्रशिक्षार्थी)

सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको विद्युत प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा बनिरहेको आयोजनाको विद्युत गृहबाट बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा स्थानीयबासिन्दासँग सहमति जुटेको छ । त्यसपछि प्रसारण लाइनमा अहिले तार तान्ने काम भइरहेको छ । 

प्राधिकरणका अनुसार बाँधक्षेत्रको निर्माण सम्पन्न भई पानी हालेर परीक्षण समेत भइसकेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङ, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सम्मिलित टोलीले आयोजना निर्माणस्थल निरीक्षण भ्रमण गरी एक महिनाभित्र जसरी पनि विद्युत् उत्पादन हुने गरी काम गर्न निर्देशन दिएको छ ।



प्रतिक्रिया