बाढी पहिरोबाट ज्यान गुमाएका मृतकका परिवारलाई राहत र घाइतेको निःशूल्क उपचार गर्ने सरकारको निर्णय

आश्विन १२, २०८१ | काठमाडौं

सरकारले निरन्तरको वर्षाका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत दिने र घाइतेहरुको निःशूल्क उपचार गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्यालयमा आज कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको आपत्कालीन बैठकले बाढी पहिरोमा परि ज्यान गुमाएका मृतकका परिवारलाई राहत दिने र घाइतेहरुको उपचार गर्ने निर्णय गरेको हो ।

बैठकले बन्द भएका सडक मार्गहरु खुलाउन पहल गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

यस्तै बैठकले बाढी पहिरोबाट प्रभावितलाई उद्दार तथा राहतका लागि गृहमन्त्रालय अन्तर्गतका सुरक्षा निकायको सम्पर्कमा आउन आग्रह गरेको छ ।

सरकारले विभिन्न तहका परिक्षाहरु तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताउनुभयो । विद्यालय भवन डुबानमा परेको, सडक अवरुद्ध भएको लगायत जानकारी आएपछि सरकारले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।   


प्रतिक्रिया