इजरायली आक्रमणमा हिजबुल्लाह प्रमुख मारिए

आश्विन १२, २०८१ | काठमाडौं

इजरायलले लेबनानमा गरेको आक्रमणमा हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह मारिएका छन् । 

आक्रमणमा हेजल्लाहका अन्य वरिष्ठ नेताहरू पनि मारिएको इजरायली सेनालाई उद्धृत गर्दै बअन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । इजरायली सेना आईडीएफले आफ्नो लडाकु विमानले लेबनानको राजधानी बेरुतस्थित दहियाको एक आवासीय भवनमुनि रहेको हिजबुल्लाहको मुख्यालयमा गरेको आक्रमणमा नसरल्लाह मारिएका जनाएको छ । 

मारिनेमा हिजबुल्लाह कमाण्डर मोहम्मद अलि इस्मेल र उनका सहयोगी हुसेन अहमन इसमेल पनि मारिएका आईडीएफले जनाएको छ । हिजबुल्लाहले आफ्ना नेता नसरल्लाह मारिएको पुष्टि गर्दै त्यसको बदला लिने चेतावनी दिएको छ । नसरल्लाह सन् १९८२ मा हिजबुल्लाहमा आबद्ध भएका थिए ।

 १९९२ मा मुसावीको हत्यापछि उनी हेजबुल्लाह प्रमुख बनेका थिए ।नसरल्लाहको मृत्युपछि पनि इजरायलले दक्षिण बेरुतमा आक्रमण जारी राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।


प्रतिक्रिया