फ्रान्सको राष्ट्रपतिमा एमानुयल माक्रों विजयी

रेडियो कान्तिपुर संवाददाता

वैशाख २५, २०७४ | एजेन्सी

फ्रान्सको राष्ट्रपतिमा ३९ बर्षिय मध्यमार्गी नेता एमानुयल माक्रौं निर्वाचित हुनु भएको छ । युरोपबीचको एकता बलियो पार्नुपर्ने पक्षमा उभिएका नेता माक्रोंले दक्षिणपन्थी नेता मरिन ले पेनलाई पराजित गर्नुभएको हो ।

अहिलेसम्मकै कान्छा राष्ट्रपतिले करिव दुई तिहाई मत प्राप्त गर्नु भएको बीबीसीले जनाएको छ । माक्रोंको पक्षमा ६६ दशमलव शुन्य ६ प्रतिशत तथा पेनको पक्षमा ३३ दशमलव ९४ प्रतिशत मत परेको थियो ।

राष्ट्रपति निर्वाचित भएपछि विजयोत्सवका क्रममा माक्रोंले सम्बोधन गर्दै परिवर्तनको पक्षमा सांसदको समर्थन जुटाउने र फ्रान्सलाई एकताबद्ध बनाउने बताउनुभयो । उहाँले आगामी  आइतवारदेखि पदभार सम्हाल्नु हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

 


प्रतिक्रिया