पाकिस्तानमा फेरि भारतीय च्यानल प्रशारणमा प्रतिवन्ध

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ११, २०७५ | एजेन्सी

पाकिस्तानको सर्वाेच्च अदालतले भारतीय टिभी च्यानल माथि प्रतिवन्ध लगाएको छ । यसअघि तल्लो अदालतले हटाएको प्रतिवन्धसर्वाेच्च पुन: लगाएको हो ।

भारतले पाकिस्तान तर्फ बग्ने नदीमा ड्याम बनाएपछि जवाफमा पाकिस्तानले टिभी च्यानल प्रशारणमा नै प्रतिवन्ध लगाएको हो । पाकिस्तानमा भारतीय टिभी च्यानल र फिल्म लोकप्रिय छन् । नदीमा ड्यामको प्रयोग गर्दै भारतले तनाव बढाएको आरोप पाकिस्तानको छ ।

भारत हुँदै बग्ने सिन्धु र उसका सहायक नदीमा पाकिस्तानको ८० प्रतिशत सिचाई निर्भर छ ।  

 


प्रतिक्रिया