भारतले आक्रमण गरे कडा प्रतिकार गर्ने पाकिस्तानको चेतावनी

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ७, २०७५ | काठमाडौं

- काश्मिर घटनालाई लिएर आफ्नो मुलुकविरुद्ध कुनै आक्रमण गरे भारतले कडा प्रतिकारको सामना गर्नुपर्ने पाकिस्तानले चेतावनी दिएको छ  ।

भारत प्रशासित काश्मिरमा भारतीय सैनिक अधिकारीमाथि भएको आक्रमणपछि दिल्ली रुष्ट रहेका बेला पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो मुलुकमाथि कुनै आक्रमण भए दिल्लीले कडा प्रतिकारको सामना गर्नुपर्ने चेतावनी दिनुभएको हो ।

एक टेलिभिजनमार्फत प्रधानमन्त्री खानले आरोप प्रमाणित गर्न भारतलाई चुनौती समेत दिनुभएको छ । कुनै आधार विनै पाकिस्तानमाथि आरोप लगाउन बन्द हुनुपर्ने उहाँको भनाई थियो । 

काश्मिरमा गत विहीबार भएको आत्मघाती बम आक्रमणमा भारतीय सुरक्षा फौजका ४० जनाको मृत्यु भएको थियो । आक्रमणको जिम्मा पाकिस्तानलाई आधार क्षेत्र बनाउँदै आएको जैश–ए–मोहम्मदले लिएको थियो । सो आक्रमणपछि भारत पाकिस्तानबीच तनाव बढेको छ ।

 


प्रतिक्रिया