माइक पोम्प्योलाई वार्ता टोलीबाट हटाउन उत्तर कोरियाको आग्रह

रेडियो कान्तिपुर संवाददाता

वैशाख ५, २०७६

- उत्तर कोरियाले अमेरिकाका विदेशमन्त्री माइक पोम्प्योलाई आणविक निशष्त्रिकरणको वार्ता टोलीबाट हटाउन आग्रह गरेको छ । बकवास कुरा गरेको तथा लापरवाह प्रवृत्ति देखाएको भन्दै वार्ता टोलीबाट पोम्प्योलाई हटाउन प्योङयाङले आग्रह गरेको बीबीसीले उल्लेख गरेको छ । पोम्प्यो नेतृत्वको वार्ता सुस्त भएकाले अधिक सावधानी अपनाउने ब्यक्तिलाई नियुक्त गर्न उत्तर कोरियाली विदेशमन्त्रालयले आग्रह गरेको छ ।

उत्तर कोरियाले यसबीचमा हतियार समेत परिक्षण गरेको जनाएको छ । गत फेब्रुअरीमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको वार्ता असफल भएपछि दुई मुलुकबीच सम्बन्धमा पुनः तिक्तता उत्पन्न भएको छ 

 


प्रतिक्रिया