इन्डोनेशियाका राष्ट्रपतिद्वारा जितको दाबी

रेडियो कान्तिपुर संवाददाता

वैशाख ६, २०७६ | बीबीसी

इन्डोनेशियामा गत बुधबार भएको निर्वाचनमा आफू बहुमतले विजयी भएको राष्ट्रपति जोको वीडोडोले दाबी गर्नुभएको छ । केही कम्पनीहरुले राष्ट्रपति वीडोडोको मतसंख्या अन्य पार्टीको भन्दै आंकलन गरेपछि मतगणनाको अन्तिम सूचना सार्वजनिक नहुँदै जित भएको दाबी राष्ट्रपति वीडोडोको छ ।

यस्तै, राष्ट्रपति उम्मेदवार तथा राष्ट्रपति वीडोडोका मूख्य प्रतिस्पर्धी एवं पूर्व सेनापति प्राबोवो सुवियान्तोले समेत आफ्नो जित सुनिश्चित भएको दाबी गर्नुभएको छ । साथै आफ्ना केन्द्रहरु अन्य पार्टीले धाँधली गर्न खोजेको प्रमाण भेटिएको समेत बताउनुभएको छ ।

अन्य विपक्षी अन्य पार्टी भने मतगणना अन्तिम नजिता पर्खिरहेको छन् । यद्यपि, चुनावको अन्तिम मतपरिणाम आगामि मे महिनाभन्दा अगाडी नआउने दाबी त्यहाँको निर्वाचन आयोगको छ । सबै स्थानीय प्रशासनहरुले संयमित भएका चुनावी नतिजा पर्खन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

यदि सुरक्षा र स्थायित्व खलबलाउने कुनैपनि कानूनविपरीत कुनै कार्य भए कारबाही हुने भन्दै सर्वसाधारणलाई सजग बनाएको छ । विश्वमै सबैभन्दा बढी मुस्लिम समुदाय रहेको इन्डोनेशियामा १७ हजार टापुहरु रहेका छन् । राष्ट्रपति, उपराष्ट्रपति र क्षेत्रीय प्रतिनिधि छनौटका लागि एकै दिन भएको निर्वाचनमा करीब २० करोड जनता सहभागी भएका थिए ।


प्रतिक्रिया