सुडानका पूर्व राष्ट्रपति बसीरको घरमा करोडौं बराबरको डलर भेटियो

रेडियो कान्तिपुर संवाददाता

वैशाख ८, २०७६ | एजेन्सी

– अफ्रिकी मुलुक सुडानका पूर्व राष्ट्रपति ओमार अल बसीरको निवासमा १३ करोड डलर बराबरका विभिन्न मुद्रा भेटिएपछि उनीमाथि अनुसन्धान भईरहेको छ । सुरक्षा जाँचका क्रममा पूर्वराष्ट्रपति बसीरको घरमा लुकाई राखिएको अवस्थामा १३ करोड डलर बराबरका यूरो, अमेरिकी डलर र सुडानी मुद्राहरु बोरामा राखिएका अवस्थामा भेटिएपछि भष्ट्राचारको आशंकामा अनुसन्धान अघि बढेको छ । उहाँलाई अहिले कोबारस्थित उच्च सुरक्षासहितको जेलमा राखिएको बीबीसीले उल्लेख गरेको छ ।

सो संख्यामा रकम फेला परेपछि सुडानका महान्यायाधिवक्ताले भष्ट्राचार विरोधी कमिटी गठन गरेर अनुसन्धान अघि बढाउने बताउनु भएको छ । राष्ट्रपतिको राजीनामाको माग माग्दै आन्दोलन चर्किएपछि यही अप्रिल ११ मा राजीनामा दिएका बसीरलाई सेनाले उहाँकै निवासमा नजरबन्दमा राखेको बताएको छ । यद्यपि, उहाँलाई जेल राखिएका कुनै तस्बीरहरु सार्वजनिक नगरिएको र सर्वसाधारणको माग सम्बोधन नगरेको भन्दै सेनाप्रमुखकोको विरोध भईरहेको छ ।

सुडानमा हालै गठित सैन्य परिषद्ले राजनीतिक निकासको प्रयास भईरहेको जनाएको छ । लोकितान्त्रिक व्यवस्थाको माग गर्दै राजधानी खार्तुममा सर्वसाधारणले प्रदर्शन जारी राखेका छन् ।    

 


प्रतिक्रिया