अमेरिकाले ६ शक्तिशाली मुलुकहरुमाथिको कर छुट रोक्का गर्ने

रेडियो कान्तिपुर संवाददाता

वैशाख १०, २०७६ | एजेन्सी

– ईरानबाट तेल खरीद गरिरहेका मुलुकहरुलाई अमेरिकाले दिदैं आएको छुट रोक्का हुने भएको छ । तेल व्यापारबाट मुलुकको अर्थतन्त्र धानिरहेको इरानको निर्यात शून्य गर्ने उद्देश्यले अमेरिकाले यस्तो निर्णय गरेको हो । इरानबाट तेल खरीद गरिरहेका चीन, भारत, जापान, दक्षिण कोरिया, टर्कीमाथि अमेरिकाले दि“दै आएको छुटको समयसीमा आगामी मे मा सकिदैछ । त्यसलगत्तै यी सबै मुलुक आफैंले अमेरिकी प्रतिबन्धको सामना गर्नुपर्ने बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकी प्रतिबन्ध क्रेताको मुल्य र विश्वसनीयतास“ग जोडिएकाले यो गैरकानूनी भएको इरानको प्रतिक्रिया छ । सन् २०१५ को आणविक सम्झौता इरानले उल्लंघन गरेको स्मरण गर्दै अमेरिकी राष्ट्रपति डोनाड ट्रम्पले यस्तो कदम चालेको बीबीसीले उल्लेख गरेको छ ।

इरानले आफ्ना आणविक गतिविधिहरु सीमित गर्नुपर्ने र प्रतिबन्ध फुकुवाका लागि अन्तर्राष्ट्रिय निरीक्षकहरुलाई अनुगमनका लागि बाटो खुल्ला गर्नुपर्ने उल्लेख भएपनि त्यसो नगरेको अमेरिकाको आरोप छ । इरानलाई नयाँ सम्झौताका लागि बाध्य पार्न समेत अमेरिकाले यस्तो कदम चालेको विश्लेषण गरिएको छ । 


प्रतिक्रिया