अलाबामा गर्भपतनमाथि प्रतिबन्ध लगाउने विद्ययेक पारित

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १, २०७६

- अमेरिकाको दक्षिण पूर्वी राज्य अलाबामा संसदले गर्भपतनमा प्रतिबन्ध लगाउने सम्बन्धि विद्ययेक पारित गरेको छ । बलात्कार र शारिरीक अक्षमता बाहेकको अवस्थामा गर्भपतन गर्न नपाइने सो विद्येयकमा उल्लेख छ ।

गर्भपतन सम्बन्धि यस व्यवस्थालाई अमेरिकाकै कठोर व्यवस्थाको रुपमा व्याख्या गरिएको बीबीसीले उल्लेख गरेको छ । त्यहाँस्थित राष्ट्रिय महिला संगठनले सो प्रतिबन्धलाई असंवैधानिक र राजनीति स्वार्थ प्रेरित भन्दै विरोध गरेका छन् ।

 केहीले भने विद्येयक पारित भएको दिनलाई कालो दिनका रुपमा व्याख्या गरेका छन् । यस विद्येयकले अमेरिकामा गर्भपतनलाई कानूनी मान्यता दिने भन्ने सर्वोच्च अदालतको सन् १९७३ को आदेशलाई नै चुनौती दिएको विश्लेषण समेत भइरहेको छ । 

  

 


प्रतिक्रिया