गैरकानुनी कार्टेलिङ र छेडछाड गरेको आरोपमा ५ वटा बैंकलाई १ अर्ब युरो जरिवाना

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २, २०७६

- विदेशी मुद्रा सटहीमा गैरकानुनी कार्टेलिङ र छेडछाड गरेको आरोपमा युरोपियन कमिशनले ५ वटा बैंकलाई १ अर्ब युरो जरिवाना गराउने भएको छ । बार्कलिस, आरबीएस, सिटिग्रुप र जेपी मोर्गेन बैंकलाई ८१ करोड १० लाख युरो जरिवाना लगाउने निर्णय कमिशनले गरेको छ । ती चार बैंकले बनाना इस्प्लीट नाम दिईएको कार्टेलिङ गरेका थिए ।

एसेक्स एस्प्रेस कार्टेलिङमा भने बार्केलिज, आरबी एस, एम एफ जी बैंकलाई २५ करोड ८० लाख युरो जरिवाना गराईएको छ । छैठौं बैंक यु बी एसलाई भने कार्टेलिङ काण्डको भण्डाफोरमा सहयोग गरेको भन्दै आर्थिक जरिवानाबाट माफि दिईएको बीबीसीले उल्लेख गरेको छ । सन् २००७ देखी २०१३ सम्म युरोपेली बजारमा ती बैंकले कार्टेलिङ गरेको पुष्टि भएको हो । मुद्रा सटही बजारमा गरिएका च्याटका विवरण, मुद्रा मुल्यन योजना, कमिशनले सार्वजनिक गरेको छ । 

 


प्रतिक्रिया