इरानसँग युद्ध नचाहेको अमेरिकाका राष्ट्रपति ट्रम्प भनाई

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ३, २०७६ | रोयटर्स

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध गर्न नचाहेको बताउनुभएको छ । अमेरिकासँग भएको आणविक सम्झौताको ईरानले उल्लंघन गरेको अमेरिकी आरोपपछि दुई मुलुकबीच जारी तनाबकाबीच अमेरिकी राष्ट्रपति ट्रम्पले यस्तो बताउनुभएको हो ।

राष्ट्रपति ट्रम्पले ईरानसँग युद्ध गर्न नचाहेको र आफू त्यस्तो व्यक्ति नभएको उल्लेख गर्नुभएको उहाँका सल्लाहकारलाई उदृत गर्दै रोयटर्सले जनाएको छ ।

यद्यपि, राष्ट्रिय सुरक्षा सतर्कता अपनाउन र सो क्षेत्रमा मुलुकको स्वार्थ अनुरुप काम गरिनेमा राष्ट्रपति ट्रम्पल जोड दिनुभएको छ । ईरानमा सैन्य तनाव निम्त्याउन नचाहेको बरु ईरानी नेतालाई खुला वार्ताका लागि आह्वान गरिएको राष्ट्रपति ट्रम्पको भनाई छ । 


प्रतिक्रिया