ताइवान बन्यो समलिङ्गी विवाहलाई कानूनी मान्यता दिने पहिलो एसियाली मुलुक

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ३, २०७६ | काठमाडौं

- ताईवान समलिङ्गी विवाहलाई कानूनी मान्यता दिने पहिलो एसियाली मुलुक बनेको छ । ताइवानको संसदले समलिङ्गी विवाहलाई मान्यता दिने विधेयक पारित गरेको हो । संसदको निर्णय गरेलगत्तै स्वागतमा हजारौं समलिङ्गी तथा अधिकारकर्मीले राजधानी ताईपेईका सडकमा उत्रिएर खुशीयाली मनाएका छन् ।

 समलिङ्गी विवाहलाई मान्य दिने÷ नदिने विषयमा ताईवानको संसदमा आज भएको मतदानमा सोको पक्षमा ६६ र विपक्षमा २७ मत खसेको थियो । ताईवानले यसअघि सन् २०१७ मा यस विषयमा पुर्नविचारका लागि २ बर्षको समयसीमा तोकेको थियो । अब आगामी मे २४ सम्ममा कानून परिवर्तनले अन्तिम रुप पाउने बीबीसीले उल्लेख गरेको छ । 


प्रतिक्रिया