यूरोपेली यूनियनको मतदान हुँदै

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ९, २०७६ | बीबीसी

यूरोपेली संसदीय निर्वाचन आज बेलायतबाट सुरु हुँदैछ । यूरोपेली संसदमा ७३ जना बेलायती सांसद चयनका लागि मतदान हुनेछ । मतदानका लागि बेलायतमा ९ वटा, स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डमा एक/एक वटा निर्वाचन क्षेत्र तोकिएका छन् ।

हरेक निर्वाचन क्षेत्रमा जनसंख्याका आधारमा जनप्रतिनिधिको संख्या फरक फरक छ । स्थानीय समयानुसार बिहान ७ बजे मतदान सुरु हुनेछ । मतपरिणाम सबै यूरोपेली राष्ट्रहरुको निर्वाचन सम्पन्न भएपछि मात्र ३ दिनपछि सार्वजनिक हुनेछ ।

यूरोपेली संसदीय निर्वाचन आगामी मे २६ सम्म हुनेछ । बेलायतमा जारी यूरोपेली यूनियनको मतदानमा १८ बर्ष पुगेका बेलायती, आईरिस वा यूरोपेली मुलुकका कुनै पनि नागरिकले सहभागिता जनाउन पाउनेछन् । 

 


प्रतिक्रिया