इरानको इन्धन बोकेको पानी जहाज नियन्त्रणमुक्त

भाद्र २, २०७६

- जिब्राल्टारले नियन्त्रणमा लिएको इरानको इन्धन बोकेको पानी जहाजलाई छोडिएको छ ।  इरानी ट्यांकर नछाड्न अमेरिकाको चर्को दबाबका बाबजुद जिब्राल्टारले पानी जहाज छाडेको हो । सो जहाज भुमध्य सागरमा आफ्नो यात्रामा निष्किएपनि उसको गन्तब्य भने स्पष्ट छैन ।

सिरियालाई इन्धन उपलब्ध गराउन ट्यांकर त्यसतर्फ गएको आरोपमा जिब्राल्टारले नियन्त्रणमा लिएको थियो । सिरियामा इन्धन नपठाउने सर्तमा जहाज छाडेको जिब्राल्टार प्रशासनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

 जिब्राल्टारले सो ट्यांकर छाड्ने निर्णय गरेलगत्तै अमेरिकी न्याय विभागले नियन्त्रणमा लिन सूचना जारी गरेको थियो । अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध युरोपमा नलाग्ने स्पष्ट पार्दै जिब्राल्टारले ट्यांकर छाडेको हो । नौसेनाको सुरक्षा घेरामा पानीजहाज आफ्नै समुन्द्री क्षेत्रमा लैजाने इरानले जनाएको छ । जिब्राल्टारले बेलायती नौसेनाको मद्दतमा इरानी ट्यांकर नियन्त्रणमा लिएपछि कुटनीतिक तनाव सुरु भएको थियो । जसको जवाफमा इरानले समेत बेलायती झण्डा बाहेक पानी जहाज नियन्त्रणमा लिएको छ ।   

 


प्रतिक्रिया