फेसबुक र ट्वीटरद्वारा १ हजार एकाउन्ट बन्द

भाद्र ३, २०७६

- हङकङमा जारी सरकार विरोधी आन्दोलनबारे सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रवाह गरेको भन्दै फेसबुक र माइक्रो ब्लगिङ साइट ट्वीटरले सयौं चिनिँया अकाउण्ट बन्द गरेका छन् । आन्दोलनकारीमा भ्रम सिर्जना गर्ने मनशाय सहित चीन सरकार निकट विभिन्न स्रोतहरुले अफवाह फैलाएको दाबीसहित  ती अकाउण्ट बन्द गरिएका बीबीसीले उल्लेख गरेको छ । 

ट्वीटरले  चीनबाट सञ्चालित ९ सय ३६ वटा अकाउन्टहरु हटाएको छ भने गलत सूचना दिनका लागि डिजाईन गरिएका करीब २ लाख भन्दा बढी अकाउन्टहरु प्रयोगमा आउन भन्दा अघि नै हटाईएको उल्लेख गरेको छ ।  त्यस्ता सञ्जाल र अकाउन्टहरु हङकङको नीति नियम र राजनीतिक तहमा विचलन ल्याउनका लागि राज्य तहबाटै सञ्चालन भएको आफ्नो अनुसन्धानबाट पत्ता लागेको ट्वीटरले विज्ञप्तिमार्फत जनाएको छ । ट्वीटरको कदमलाई पछ्याउँदै फेसबुकले समेत सात वटा पेज, तीन वटा  च्याट ग्रुप र ५ वटा अकाउन्ट बन्द गरेको  जनाएको छ । 


प्रतिक्रिया