अफ्गानिस्तानमा प्रत्येक दिन ७४ जनाको मृत्यु 

भाद्र ३१, २०७६ | काठमाडौं

- अफ्गानिस्तानमा गत अगष्ट महिनामा प्रत्येक दिन ७४ जनाले ज्यान गुमाएको तथ्य सार्वजनिक भएको छ । मुलकभर विश्वासै गर्न नसकिने खालको हिंसामा वृद्धि हुँदा पुरुष, महिला र बालबालिका गरि दैनिक ७४ जनाको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ ।

मृत्यु भएकामा अधिकांश तालिवानी लडाकु र सुरक्षाकर्मी छन् । घटनामा १ हजार ९ सय ४८ जना घाईते भएका छन् । 

सुरक्षा सम्वन्धी ६ सय ११ घटनाबारे बीबीसीले गरेको अध्ययन प्रतिवेदनमा गत अगष्टमा २ हजार ३ सय ७ जनाको मृत्यु भएको उल्लेख छ । युद्धग्रस्त अफ्गानिस्तानमा अमेरिकी गठबन्धन नेतृत्वको सेना फर्किएपछि सो हताहती भएको हो ।

यद्यपी बीबीसीको सो अध्ययन प्रतिवेदनप्रति अफ्गानिस्तान सरकार र तालिवान विद्रोही दुवैले प्रश्न उठाएका छन् । 

 


प्रतिक्रिया