आक्रमणविरुद्ध इरानलाई जवाफ दिने साउदीको चेतावनी

आश्विन ५, २०७६ | काठमाडौं

- आफ्नो तेल उत्पादन केन्द्रमा आक्रमण गर्ने इरानलाई जवाफ दिने चेतावनी साउदी अरबले दिएको छ । आक्रमणमा प्रयोग भएको हतियार इरानको भएको पुष्टि भैसकेकाले थप अनुसन्धान पछि कारवाहीमा जान सक्ने साउदीका विदेशमन्त्री अदेल अल जुबैरले बताउनुभयो ।

ईरानले भने साउदीको आरापलाई अस्वीकार गर्दै आएको छ । इरानविरुद्ध हुन सक्ने कारवाहीमा सहयोगका लागि अमेरिकाले साउदी अरबको प्रतिरक्षा प्रणालीमा सहयोग गर्न सेना पठाउने निर्णय यसअघि गरिसकेको छ ।

ईरानको सहयोगमा यमनमा संघर्ष गरिरहेको हुथी सशस्त्र विद्रोहीले आक्रमण आफ्नो समुहले गरेको दाबी गरेको छ । १४ सेप्टेम्बरमा साउदी अरबको मुख्य तेल उत्पादन केन्द्रमा ड्रोन आक्रमण हुँदा विश्व इन्धन बजार प्रभावित भएको छ ।

इरानसँग अमेरिकाको जारी तनावका बीच भएको आक्रमणले मध्य पूर्वका मुलुकमा तनाव थपेको  छ ।

 


प्रतिक्रिया