सिड्नीमा नेपालीको मृ'त्यु

मंसिर ८, २०७६ | अस्ट्रेलिया

– अस्ट्रेलियामा एक नेपाली युवाको ह'त्या भएको छ । सिड्नीको ग्रानभिलस्थित घरमा घाईते अवस्थामा भेटिएका श्रीमान–श्रीमती मध्ये उपचारका क्रममा श्रीमान सन्तोष गौतमको मृ'त्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै सहकर्मी नारायण खड्काले जनाएका छन् । घाइ'ते श्रीमतीलाई उपचारपछि प्रहरीले घरेलु हिं'सा अन्तरगतको ह'त्या आरो'पमा पक्रा'उ गरेको छ ।

उनको जमानत समेत अस्वीकार गर्दै प्रहरीले स्थानीय पारामाटा अदालतमा प्रस्तुत गर्ने तयारी गरेको छ । सन्तोष, स्थानीय वेस्ट युनाइटेड क्रिकेट क्लबका खेलाडी समेत हुन् । सन्तोष अटोमोबाएल्सको व्यापारी हुन् । लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका उनीहरु ४ वर्षअघि मात्र ब्रिसबेनबाट सिड्नी सरेका थिए । उनीहरुका ८ वर्षिया छोरी छन् । 


प्रतिक्रिया