चीनको जन्मदर ७० वर्षकै न्यून बिन्दु

माघ ४, २०७६ | ..

चीनको जन्मदर ७० वर्षकै न्यून विन्दुमा पुगेको एक अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । एक सन्तान नीतिका कारण चीनमा जन्मदर अत्यन्त न्यून छ । सन् २०१९ को तथ्याङ्क अनुसार प्रति १ हजारमा करिव ११ जना बालबालिका जन्मिने गरेका छन् । जनसंख्या ७० वर्ष यताकै कम भएको विभागले उल्लेख गरेको छ ।

 विश्वको दोश्रो ठुलो अर्थतन्त्र रहेको चीनमा घट्दो जन्मदरलाई चुनौती मानिएको छ । जसका कारण युवा जनशक्ति न्युन हुने र निवृत्त समुह अधिक हुँदा भविष्यमा असमान जनसंख्या दरको खतरा बढेको बीबीसीले जनाएको छ । चीनमा हाल १ अर्ब ४० करोड जनसंख्या रहेको छ ।


प्रतिक्रिया