कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि देखियो

माघ ८, २०७६ | ..

चीनमा महामारीका रुपमा फैलीएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि देखिएको छ । चीनबाट फर्किएका एक अमेरिकी नागरिकमा कोरोना भाइरस फेला परेको अमेरिकाको रोग नियन्त्रण केन्द्रले जनाएको छ । चीनबाट अमेरिका प्रवेश गर्ने हरेक व्यक्तिको अमेरिकाको विमानस्थलमा नै स्वास्थ्य परिक्षण भैरहेका छन् । चीनको वुहानबाट फैलिएको रोगका कारण ६ जनाको मृत्यु भैसकेको छ ।

 उत्तर कोरियाले समेत आफ्नो सीमा नजिकको वुहान शहरबाट पर्यटकको आवागमनमा प्रतिबन्ध लगाएको छ । अस्थायी रुपमा चिनियाँ पर्यटकको आगमनलाई रोकिएको उत्तर कोरियाले स्पष्ट पारेको छ । चीन सरकारले सोमबार मात्रै कोरोना भाइरस मानिसबाट मानिसमा सर्ने स्वीकार गरेको थियो । सोही रोगको संक्रमण थाइल्याण्ड, जापान र दक्षिण कोरियामा पनि भेटिएको छ । यद्यपी, सबै विरामी चीनको यात्राबाट त्यहाँ पुगेको भेटिएको हो ।


प्रतिक्रिया