डढेलोको कारण बासस्थान गुमाएका जनावरलाई सहयाताको खाँचो

माघ २९, २०७६ | काठमाडौं

अष्ट्रेलियामा डढेलोको कारण ठूलो संख्यामा मरेका तथा बासस्थान गुमाएका १ सय १३ प्रजातीका जनावरलाई तत्काल सहयाताको खाँचो रहेको क्यानबेरा सरकारले जनाएको छ । 

उनीहरु लोप भइहाल्ने अवस्था नरहेपनि अष्ट्रेलियामा यो गर्मीमा लागेको डढेलोले ठूलो संख्यामा जनावर तथा चराचुरुङ्गी मरेको तथा कम्तिमा ३० प्रतिशत बासस्थान गुमाएकाले तत्काल सहायता उपलब्ध गराउनुपर्ने त्यहाँको सरकारले उल्लेख गरेको हो । 

खतरामा रहेका जनावरमा कोआला र वालाविस सँगै केही चरा, माछा, भ्यागुताका प्रजाती लगायत समेत छन् । 

झण्डै ४ महिना सम्म लागेको डढेलोका कारण जनावर र चरा गरी १ अर्ब बढी मरेका छन् । 

अष्ट्रेलिया सरकारले गठन गरेको अध्ययन टोलीले केही प्रजातीका जनावर लोप हुने अवस्थामा पुगेको प्रति सचेत गराएको छ । 


प्रतिक्रिया