कोरोना नियन्त्रणमा आएको निर्णय तत्काल गर्न सकिन्न : विश्व स्वास्थ्य संगठन

फाल्गुन १, २०७६ | ,,

विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरस नियन्त्रणमा आएको तत्काल निष्कर्ष निकाल्नु हतार हुने जनाएको छ । चीनमा कोरोना भाइरसका नयाँ विरामीको संख्यामा आएको कमिका कारण भाइरस नियन्त्रण उन्मुख भएपनि समाप्त नै भैसकेको निष्कर्षमा पुग्न हतार गर्न नहुने डब्लुएचओले उल्लेख गरेको छ ।

 गत दुइ सातामा २ हजार १५ जनामा देखिएको भाइरसको दैनिक नयाँ विरामी भेटिने गति भने न्युन भएको छ । ४४ हजार ६ सय जना प्रभावित भएको कोरोना भाइरसका कारण १ हजार १ सय जनाको मृत्यु भैसकेको छ । चीन प्रशासनका अनुसार भाइरसको गति अत्यन्त तिव्र हुँदा दैनिक ४ हजार सम्म नयाँ विरामी हुने गरेका थिए । डब्लुएचओले चीन बाहिर भेटिएका ४ सय ४१ संक्रमणको नियन्त्रण पछि मात्रै यो भाइरस निर्मुल उन्मुख हुने जनाएको बीबीसीले उदृत गरको छ । 


प्रतिक्रिया