बेइजिङमा १४ दिनको क्वारेन्टाइन अनिवार्य

फाल्गुन ३, २०७६ | ..

चीनको बेइजिङमा अन्यत्रबाट भित्रिने सबैलाई १४ दिनको क्वारेन्टाइन अनिवार्य गरिएको छ । क्वारेन्टाइनमा नबसे कोरोना भाइरस फैलाउन प्रयास गरेको आरोपमा सजाय समेत सुनाइएको छ । चिनिया नयाँ वर्षको विदा मनाएर फर्किएकाहरुलाई आफै आफ्नो घरमा सुरक्षित रुपमा क्वारेन्टाइनमा बस्न वा सरकारले तोकेको स्थानमा जान भनिएको छ ।

 इजिप्टमा समेत कोरोना भाइरस देखिएको समाचार आएपछि बेइजिङको प्रदेश सरकारले सो निर्णय गरेको हो । वुहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण १ हजार ३ सय जनाको मृत्यु भैसकेको छ । 

चीनका अन्य शहरबाट विदा मनाएर बेइजिङ फर्किनेहरुका लागि सो सूचना जारी गरिएको हो ।बेइजिङमा २ करोडको वसोवास रहेको छ ।चीनमा मात्रै ६३ हजार मानिस सो भाइरसबाट प्रभावित भएका छन् । चीन बाहेक हङकङ, फिलिपिन्स र जापान सहित २४ मुलुकमा ५ सय विरामी फेला परेका छन् । 


प्रतिक्रिया