साउदी गठबन्धनको आक्रमणमा ३१ सर्वसाधारणको मृत्यु

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ४, २०७६ | एजेन्सी

यमनमा साउदी गठबन्धनको हवाई आक्रमणमा परी ३१ सर्वसाधारणको मृत्यु भएको छ । यमन स्थित राष्ट्रसंघीय सहयोग नियोगले घटनामा १२ जना घाइते समेत भएको जनाएको छ । इरानको समर्थनप्राप्त हुथी बिद्रोही समुहले गठबन्धन सेनाको युद्धक विमान खसालेको दाबी गरेलगत्तै हवाई आक्रमण भएको हो । 

यमन सेनाका लागी सहयोग सामाग्री बोकेर उडेको जहाज उत्तरी प्रदेश अल जाफमा दुर्घटनामा परेको हो । हताहती लगायत दुर्घटनाबारे बिस्तृत विवरण भने साउदी सरकारले सार्वजनिक गरेको छैन ।

सन् २०१५ मा हुथी समुहले विद्रोह गरेदेखी साउदी अरबले सरकारी सेनाको पक्षमा यमनको युद्धमा हस्तक्षेप गरेको छ । 


प्रतिक्रिया