इटाली आक्रान्त, २५ सयको मृत्यु

चैत्र ५, २०७६

युरोपेली मुलुक इटालीमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ सय ४५ जनाको मृत्यु भएको छ भने थप ३ हजार ५ सय २६ मा संक्रमण देखिएको छ । इटालीमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५ सय ३ पुगेको छ भने संक्रमितको संख्या ३१ हजार नाघेको छ । इटालीमा निको हुनेको संख्या भने करिब ३ हजार रहेको छ ।

 त्यस्तै इटालीपछि स्पेनमा सबैभन्दा बढी १ सय ९१ जनाको मृत्यु भएको छ । त्यस्तै थप एक हजार ८ सय ८४ मा संक्रमण देखिएको छ । स्पेनमा मृतकको संख्या अहिले सम्म ५ सय ३३ पुगेको छ भने संक्रमितको संख्या ११ हजार ८ सयभन्दा बढी रहेको छ ।

पछिल्लो २४ घण्टामा चीनमा थप ११ जनाको मृत्यु भएको छ भने थप १३ जनामा संक्रमण देखिएको छ । चीनमा ३ हजार २ सय ३७ को मृत्यु भएको छ भने ८० हजार ८ सय ९४ संक्रमित भएका छन् । चीनमा निको हुनेको संख्या करिब ६८ हजार रहेको छ । गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड–१९ अहिले विश्वका १ सय ५९ भन्दा बढी देशमा फैलिइसकेको छ । 


प्रतिक्रिया