कोरोनाले वायू प्रदुषणमा कमी

रेडियो कान्तिपुर संवाददाता

चैत्र ६, २०७६ | एजेन्सी

विश्वव्यापी बनेको कोरोना संक्रमणका कारण आर्थिक तथा व्यवसायीक कार्यहरु कम हुँदै गएपछि वायू प्रदुषण तथा तापमान बढाउने ग्यासहरुको उत्सर्जनमा उल्लेख्य कमी आएको छ ।

कयौं उद्योग तथा कलकारखाना बन्द हुनुका साथै दैनिक क्रियाकलाप तथा भ्रमणहरु कम भएपछि वायू प्रदुषण तथा पृथ्वीलाई हानी पुर्‍याउने ग्यासहरुको उत्सर्जनमा उल्लेख्य कमी आएको एक अनुसन्धानले देखाएको हो । 

विशेषगरी कारले उत्पादन गर्ने कार्बन मोनो अक्साईड ग्यास ५० प्रतिशतले घटेको छ । तर महामारी रोकिएपछि पृथ्वीको तापमान तीब्र रुपमा बढ्नसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । 


प्रतिक्रिया