भारतमा जनता कफ्र्यु लगाइने

चैत्र ६, २०७६

– भारतमा कोरोनाका कारण चारजनाको मृत्यु भइसकेको छ । कोरोनाको जोखिम बढेको भन्दै भारत सरकारले आगामी आईतबारदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने भएको छ । भारतमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले आइतबार बिहान ७ देखि बेलुका ९ बजेसम्म जनता कफ्र्यु लगाउने भएको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै जनता कफ्र्यु लगाउने घोषणा गर्नुभएको हो । कोरोना भाइरसको जोखिमबाट बच्न सो समय भीडभाडमा नजान, घरबाट बाहिर ननिस्कन, समाजमा दुरी कायम गर्न प्रधानमन्त्री मोदीले आग्रह गर्नु भयो । 


प्रतिक्रिया