कोरोना भाइरसको जोखिम युवाहरुमा समेत उत्तिकै : डब्लूएचओ

चैत्र ८, २०७६

कोरोना भाइरसको जोखिममा युवाहरुमा समेत उत्तिकै रहको भन्दै विश्व स्वास्थ्य संगठन डब्लूएचओले सचेत रहन आग्रह गरेको छ । हालसम्मको अवस्थाले बृद्धबृद्धामा उच्च जोखिम रहेको पाइएपनि युवाहरु समेत सचेत रहन आवश्यक रहेको डब्लूएचओले जनाएको छ । 

 कोरोनाका कारण मृत्यु हुनेहरुमा युवाको तुलनामा बृद्धबृद्धा धेरै भएपछि युवाहरुको सतर्कता कम देखिएको भन्दै नअपनाएको पाइएकाले डब्लूएचओले युवा पनि जोखिममा रहेको भन्दै सचेत हुन आग्रह गरेको हो । यसैविच कोरोना भाईरसका कारण इटलीमा हिजो एकैदिन ६ सय २७ जनाको मृत्यु भएको छ । स्पेनमा २ सय ६२ जनाको मृत्यु भएको छ । 


प्रतिक्रिया