अष्ट्रेलियामा लकडाउन

चैत्र १०, २०७६ | काठमाडौ

अष्ट्रेलियाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । पब, क्याफे, जिमहल, सिनेमाघर , प्रार्थनास्थल लगायत सबै सार्वजनिक स्थल बन्द गर्ने प्रधानमन्त्री स्कट मरिसनले घोषणा गर्नुभएको छ ।

 मन्त्रिपरिषद बैठकले कोरोना भाइरसको संक्रमण अत्याधिक बढ्न थालेपनि लक डाउनको निर्णय गर्नुपरेको बताउनुभयो। अष्ट्रेलियामा हालसम्म १ हजार ३ सय १५ जनामा संक्रमण भेटिएको छ । अत्याधिक जनसंख्या भएको शहर सिड्नीमा सबै भन्दा बढि संक्रमण भेटिएको छ । अष्ट्ेरलियामा विद्यालयहरु भने सञ्चालनमा नै छन् । 

विद्यालय बन्दको निर्णय प्रदेश सरकारले पनि गर्न सक्ने अधिकार दिइएको प्रधानमन्त्री मरिसनले बताउनुभएको छ ।


प्रतिक्रिया