स्पेनमा कोरोनाको कहर बढ्दो

चैत्र १२, २०७६

– चीनबाट शूरु भएको कोरोना भाइरसको संक्रमण अहिले स्पेनमा बढी देखिएको छ । स्पेनमा आज एकै दिन ७ सय ३८ जनाको मृत्यु भएसंगै कोरोना भाइरसका कारण ३ हजार ४ सय ३४ जनाले ज्यान गुमाइसकेका छन् ।

कोरोना भाइरसका कारण विश्वभर ४ लाख बढी संक्रमित भइसकेका छन् । करिब २० हजारले कोभिड १९ का कारण ज्यान गुमाइसकेका छन् । कोभिड १९ कै कारण संक्रमित बनेका एक लाख बिरामी निको भएर घर फर्किएको बीबीसीले उल्लेख गरेको छ । भारतमा लकडाउनको समयावधि बढेसंगै करोडौं संख्यामा मानिस घरभित्र बस्न बाध्य भएका छन् । 

भारतमा अहिलेसम्म ५ सय कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । १० जनाको मृत्यु भइसकेको छ । बेलायतका युवराज प्रिन्स चाल्र्समा पनि कोरोना संक्रमण पुष्टि भएको छ । 


प्रतिक्रिया