उत्तर कोरियाले गर्‍यो २ वटा क्षेप्यास्त्र प्रहार

रेडियो कान्तिपुर संवाददाता

चैत्र १६, २०७६ | एजेन्सी

उत्तर कोरियाले छोटो दूरीका व्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तरले वन्सन क्षेत्रबाट २ सय ३० किलोमिटर टाढा पूर्वी तटीय क्षेत्रतर्फ २ वटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । 

पछिल्लो एक महिनामा चौथो पटक उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको हो । विश्वभर कोरोना संक्रमणको महामारी फैलिरहदा उत्तरले क्षेप्यास्त्र प्रहार गर्नु अनुचित रहेको भन्दै दक्षिण कोरियाले यस्ता क्रियाकलाप तत्काल बन्द गर्न आग्रह गरेको छ । 


प्रतिक्रिया