तालेवानले अफ्गान सरकारको टोलीसंग वार्ता नगर्ने

रेडियो कान्तिपुर संवाददाता

चैत्र १६, २०७६ | एजेन्सी

अफ्गानिस्तानमा सशस्त्र संघर्ष गरिरहेको इश्लामिक समुह तालिबानले अफ्गान सरकारले बनाएको टोलीसँग वार्ता गर्न अस्वीकार गरेको छ । अमेरिकाले सुरु गरेको शान्तिवार्ताको अग्रगामी भनिएको वार्ता टोली घोषणाले शान्ति प्रक्रियालाई धक्का पुगेको छ ।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले २१ सदस्यीय अफ्गान सरकारको टोलीसँग वार्ता नगर्ने बताउनुभएको समाचार संस्था अलजजिराले उल्लेख गरेको छ । समावेशी सहभागीता सहितको टोली गठन नगरेको भन्दै तालिबानले आलोचना गरेको छ । 

गत फेब्रुअरीमा विदेशी सेना फिर्ता गर्ने अमेरिकाले तालिबानसँग शान्ति सम्झौता गरेको छ । अफ्गानिस्तानको राजनीतिक खिचातानीका कारण समेत तालिबानसँगको वार्ता प्रक्रिया फितलो बनेको छ । यसअघि तालिबान र अफगान सरकारबीच बन्दि रिहा गर्ने विषयमा असहमती भएको हो ।   


प्रतिक्रिया