कोरोनाको कहर : झण्डै ३४ हजारको मृत्यु, ७ लाख २१ हजार बढी संक्रमित

चैत्र १७, २०७६ | काठमाडौं

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभर ७ लाख २१ हजार ३ सय ३० पुगेको छ । ३३ हजार ९ सय ५६ जनाले ज्यान गुमाएका छन् । संक्रमित मध्ये १ लाख ५१ हजार ४ जना पूर्ण निको भएका छन् । १ सय ९९ मुलुकमा फैलिएको कोरोनाबाट सबैभन्दा धेरै अमेरिकामा १ लाख ४१ हजार ८ सय १२ जना संक्रमित पुगेका छन् । जसमध्ये २ हजार ४ सय ७५ जनाले ज्यान गुमाएका छन् । पछिल्लो समय स्पेनमा सबैभन्दा ८ सय २१ जनाले ज्यान गुमाएसँगै त्यहाँ मृत्यु हुनेको संख्या ६ हजार ८ सय ३ पुगेको छ । स्पेनमा ८० हजार १ सय १० संक्रमित छन् ।

संक्रमितको संख्या आधारमा दोस्रो स्थानमा रहेको इटली ज्यान गुमाउनेको संख्यामा भने पहिलो स्थानमा छ । त्यहाँ ९७ हजार ६ सय ८९ संक्रमित हुँदा ज्यान गुमाउनेको संख्या १० हजार ७ सय ७९ छ । चीनमा ८१ हजार ४ सय ३९ जना संक्रमित रहेकोमा ३ हजार ३ सयले ज्यान गुमाएका छन् । त्यहाँ ७५ हजार ४ सय ४८ जना पूर्ण रुपमा निको भइसकेका छन् ।

जर्मनीमा भने संक्रमितको आधारमा मृत्यु हुनेको संख्या थोरै रहेको छ । त्यहाँ ६२ हजार ९५ जना संक्रमित हुँदा ५ सय ४१ जनाको ज्यान भएको छ । ९ हजार २ सय ११ जना पूर्ण रुपमा निको भइसकेका छन् । फ्रान्समा ४० हजार १ सय ७४ जना संक्रमित पुग्दा २ हजार ६ सय ६ जनाको ज्यान गएको छ । इरानमा ३८ हजार ३ सय ९ पुग्दा २ हजार ६ सय ४० जनाको मृत्यु भएको छ । त्यस्तै बेलायतमा १९ हजार ५ सय २२ जना संक्रमित हुँदा १ हजार २ सय २८ जनाको ज्यान गएको छ । भारतमा १ हजार २४ जना संक्रमित हुँदा ३७ जनाले ज्यान गुमाएका छन् । 


प्रतिक्रिया