बेलायतका प्रधानमन्त्री जोन्सनको स्वास्थ्य सुधारउन्मुख

चैत्र २६, २०७६

कोरोना भाइरस संक्रमण पुष्टी भएको १० दिन पछि अस्पताल भर्ना हुनु भएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनको स्वास्थ्य अवस्था स्थिर रहेको बीबीसीले जनाएको छ । 

प्रधानमन्त्री जोनसोनलाई पर्याप्त मात्रामा अक्सिजन दिएर विशेष निगरानीमा राखिएको छ । उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ । कार्यवाहक प्रधानमन्त्रीको जिम्मा पाएका विदेशमन्त्री डोमिनिक ऱ्याबले प्रधानन्त्री जोनसोनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको भन्दै छिट्टै संक्रमण मुक्त हुने बताउनुभयो । 

यद्यपी आगामी २४ घण्टासम्म प्रधानमन्त्री जोनसोनको स्वास्थ्य अवस्थाको विवरण भने सार्वजनिक नहुने बीबीसीले उल्लेख गरेको छ ।  


प्रतिक्रिया