भारतले लकडाउनको समय थप गर्ने

चैत्र २९, २०७६

कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि नियन्त्रणको प्रयास स्वरुप भारतले लक्ड डाउनको अवधी थप गर्ने भएको छ । दिल्लीका मुख्य मन्त्री अरविन्द केजरीवालको ट्वीटमा प्रधानमन्त्री नरेन्द्र मोदी लक्ड डाउनको समय अवधी थप गर्न सहमत भएको उल्लेख छ । भारतीय प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीहरुसँग आज गर्नु भएको भिडियो कन्फ्रेसका क्रममा सबैको सुझाव लक्ड डाउनको अवधी थप गर्नुपर्ने थियो ।

 यद्यपी थप गरिने समय भने नखुलाइएको बीबीसीले जनाएको छ । समय थप भएपछि अर्थतन्त्र तथा गरिव परिवारमा पर्ने जोखिमलाई सम्बोधन गर्न चुनौती पर्ने आंकलन गरिएको छ । हालसम्म भारतमा दशौं लाख कामदार बेरोजगार भएका छन् । लक्ड डाउनका बाबजुत केही राज्यमा भने कोरोना संक्रमण तिव्र गतिमा फैलिएको छ । हालसम्म ७ हजार ६ सय संक्रमित पुग्दा ज्यान गुमाउनेको संख्या २ सय ४९ पुगेको छ । 


प्रतिक्रिया