जी-७ को औचित्य छैन : ट्रम्प

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १८, २०७७ | एजेन्सी

विश्वका शक्तिशाली मुलुकहरुको समुह जी-७ को औचित्य समाप्त भैसकेका कारण सम्मेलन आवश्यक नरहेको अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बताउनुभएको छ । 

विश्वमा जारी कोरोना भाइरसको महामारी समस्याको सम्बोधनका लागी जी-७ समुहको कुनै औचित्य नरहेको ट्रम्पको भनाई छ ।

समुहमा अमेरिका सहित क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र बेलायत छन् । रुस, दक्षिण कोरिया र भारत पनि समावेश हुनुपर्ने ट्रम्पको भनाई छ । 

आगामी जुन वा सेप्टेम्बरमा सम्मेलन गर्ने भनिएपनि प्रत्यक्ष भेटको सम्भावना नरहने भन्दै जर्मनीले सहभागीताका लागी अस्विकार गरेको थियो । भिडियो सम्मेलन गर्ने विषयमा समेत सहमती हुन नसकेको बीबीसीले उल्लेख गरेको छ । 


प्रतिक्रिया