फ्लोएडको हत्या बिरोधमा अमेरिका बाहिर पनि प्रदर्शन

जेष्ठ २१, २०७७ | एजेन्सी

प्रहरी नियन्त्रणमा रहेका अफ्रिकी मुलका नागरिकको हत्याको विरोधमा अमेरिकामा भइरहेको प्रदर्शन थप चर्किदै गएको छ । 

राजधानी वासिङटन डिसी सहित ४० भन्दा बढी शहरमा लगाइएको कफ्र्यू उल्लंघन गर्दै प्रदर्शनकारी सडकमा उत्रिएका छन् । अमेरिकामा भएको घटनाको विरेधमा फ्रान्सको पेरिस, बेलायतको लण्डन र लिभरपुल, जर्मनी, क्यानडा, ब्राजिल, इटाली, न्युजिल्याण्डमा समेत प्रदर्शन भएको बीबीसीले उल्लेख गरेको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पको गैरजिम्मेवारी रवैयाको विरोधमा कयौं अमेरिकाको सडकमा उत्रिएको रोयटर्सले टिप्पणी गरेका छन् ।

यस्तै मिनियापोलिस शहरमा भएको घटनाको मिनिसोटा मानवअधिकार आयोगले निष्पक्ष छानविन गर्ने भएको छ । प्रहरी नियन्त्रणमा रहेका जर्ज फ्लोएडको एक साताअघि घाटी थिचेर हत्या भएको थियो ।  


प्रतिक्रिया