भारतमा शक्तिशाली चक्रवात

जेष्ठ २१, २०७७ | एजेन्सी

निसर्ग चक्रवात भारतको महाराष्ट्रको तटीय क्षेत्रमा पुगेको छ । आगामी तीन घण्टामा चक्रवात आफ्नो चरम अवस्थामा पुग्ने पूर्वानुमान भारतीय मौसम विभागले गरेको छ । 

महाराष्ट्रको तटीय क्षेत्रमा वर्षा सँगै १ सय २० किलोमिटर प्रतिघण्टाको गतिमा हुरी चलेको छ । महाराष्ट्रबाट निसर्ग चक्रवात गुजरात र दमन राज्यमा पुग्नेछ । ती दुवै राज्यका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको बीबीसीले उल्लेख गरेको छ । 

गुजरातको तटीय क्षेत्रका ५० हजार र दमनका ४ हजारलाई अन्यत्र सारिएको छ । चक्रवातको ब्यास १ सय किलोमिटर सम्म रहेकाले त्यती क्षेत्रमा क्षति पुग्ने पूर्वानुमान भारतीय मौसम विभागले गरेको छ । चक्रवातका कारण ८५ देखी ९६ किलोमिटर प्रतिघण्टाको गतिमा हुरी चल्ने छ ।

यसैबीच, चक्रवात विस्तारै कमजोर भएर भारतको भु–भाग हुँदै नेपालको पश्चिम र मध्य क्षेत्रमा प्रवेश गर्ने मौसम पूर्वानुमान महाशाखा काठमाडौंले जनाएको छ । आगामि शनिबार सम्म नै देशको अधिकांश स्थानमा मौसम बदली भइ हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको त ।    


प्रतिक्रिया