गर्मीसंगै बेलायतमा भिडभाड बढ्यो

असार १२, २०७७

– बेलायतमा गर्मी बढेसंगै समुन्द्री किनार र पार्कहरुमा सर्वसाधरणको भिड बढ्न थालेको छ । कोरोना संक्रमण जोखिम नघटेको भन्दै सरकारले भने समुन्द्री किनार तथा पार्कहरुमा अनावश्यक भिडभाड तथा पार्टी नगर्न चेतावनी दिएको छ ।

 बेलायतमा लामो समय देखिको लकडाउनका कारण बेलायती नागरिकमा एकखालको निराशा उत्पन्न भएको विश्व स्वास्थ्य संगठनका विशेष दूतले बताएका छन् । विश्व स्वास्थ्य संगठनले युरोपेली मुलुकमा कोरोना संक्रमणको जोखिम पुनरागमन हुने चेतावनी दिईरहेका बेला बेलायतमा पुन: सर्वसाधरणको घुँईचो बढेको हो ।

यसैबीच अमेरिकामा कोभिड १९ बाट संक्रमितको सख्या २४ लाख पुगेको छ । कोभिड १९ बाट संक्रमित अहिलेको संख्या भन्दा १० गुणा वढी संक्रमितहरु रहेको हुन सक्ने अमेरिकी रोग नियन्त्रण केन्द्रलाई उद्यृत गर्दै बीबसीले जनाएको छ । पछिल्लो तथ्याङक अनुसार कोभिड १९ बाट २४ लाख भन्दा बढी संक्रमित भएका छन् भने १ लाख २२ हजार ३ सय ७० जनाको मृत्यु भएको छ । 


प्रतिक्रिया