अमेरिकामा कोरोना संक्रमणबाट गम्भीर समस्या उत्पन्न भयो : विशेषज्ञ

असार १३, २०७७ | एजेन्सी

अमेरिकामा कोरोना भाइरसका कारण गम्भीर समस्या आइपरेको संक्रमक रोग विशेषज्ञले निष्कर्ष निकालेका छन् । एकै दिन ४० हजार जनामा नयाँ संक्रमण भेटिएको छ । 

संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फौचीले सबै देशवासीले एक भएर भाइरसको परिक्षण तथा सजगता अपनाउन सके मात्रै रोगबाट मुक्त हुन सकिने बताउनुभएको छ । स्वास्थ्य विज्ञहरुले सरकारी प्रयास बढाउँदै संक्रमण दर घटाउनुपर्ने बताएपनि राजनितिक नेतृत्वले परिक्षण धेरै हुँदै संक्रमण बढेको देखिएको भन्दै प्रगति भएको विष्लेषण गरेका छन् । 

अमेरिकामा हालसम्म कुल २४ लाख ६२ हजार ४ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ १ लाख २४ हजार ९ सय ७८ जनाको मृत्यु भएको छ ।

विश्वमा हाल सम्म ९७ लाख ६४ हजार ९ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ । ४ लाख ९२ हजार ८ सय ७ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । 


प्रतिक्रिया