भारतमा कोरोना संक्रमितको संख्या ५ लाख बढी

असार १३, २०७७ | एजेन्सी

भारतमा ५ लाख ८ हजार ९ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतको महाराष्ट्रमा मात्रै १ लाख ५२ हजार ७ सय ६५ जनामा संक्रमण भेटिएको छ । 

दिल्लीमा ७७ हजार २ सय ४०, तमिलनाडुमा ७४ हजार ६ सय २२ जनामा संक्रमण पुष्टि भएको छ । भारतमा कुल १५ हजार ६ सय ८५ जनाको भाइरस संक्रमणका कारण मृत्यु भएको छ । ७० प्रतिशत मृत्यु भएका ब्यक्तिमा कुनै न कुनै दिर्घरोग रहेको भेटिएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारत विश्वको सबैभन्दा प्रभावित मुलुक मध्ये चौथो स्थानमा छ ।

यस्तै, प्रभावित मुलुकको एक नम्बरमा रहेको अमेरिकामा २४ घण्टाको अवधीमा ४५ हजार २ सय ४२ जनामा संक्रमण भेटिएको छ । त्यहाँ कुल संक्रमितको संख्या २४ लाख ६७ हजार ८ सय ७४ पुगेको छ ।

बेलायतले विदेशीलाई मुलुक प्रवेश पछि अनिवार्य १४ दिनको क्वारेन्टिनको ब्यवस्था खारेज गर्ने निर्णय गरेको छ ।

यसैबी, विश्वभर ९८ लाख ३५ हजार ८ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भाइरस संक्रमणका कारण ४ लाख ९५ हजार २० जनाले ज्यान गुमाएका छन् ।  


प्रतिक्रिया